१४ बैशाख २०८१, शुक्रबार

‘हेल्लो ब्रो’ सिरिजको ट्रेलर रिलज

1

सलोन सलिना फिल्मस्को व्यानरमा सिरिज ‘हेल्लो ब्रो’ निर्माण भएको छ । लेखक तथा निर्देशक सुरेश न्यौपानेको निर्देशन रहेको सिरिजमा प्रभात पल ठकुरी, सुमिन गुरुङ, अलिष्था सुवेदी, मनीषा ओझा र सन्तोष गिरीको अभिनय छ ।

सलोन बस्नेत कार्यकारी निर्माता रहेको सिरिजमा रामजी राउत एपिसोड निर्देशक, सुरेश न्यौपानेको कथा, केदार भुषाल र सुमन गुरुङ गजमेरको लेखन, प्रशान्त शिवाकोटीको संगीत, शंकर भुजेल र ज्ञानकुमार कट्टेलको छायांकन, बन्दे प्रसादको सम्पादन, समीर मियाँको भीएफएक्स र कलर, शिशिर खातीको कोरियोग्राफी, सुमन गुरुङ गजमेरको सहायक निर्देशन र केमोदिन मियाँको सहायक सम्पादन छ ।

सिरिज श्रावण ७ गतेदेखि हरेक बिहीबार राती ७ बजे बुढासुब्बाको बिएम टिभीबाट प्रसारण हुनेछ ।

    सम्बन्धित समाचार...