१२ बैशाख २०८१, बुधबार

सोमबार साँझसम्म हस्ताक्षर फिर्ता नभए एमाले एकता नहुने ओलीको घोषणा

kp oli 1
फाइल फोटो

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सल्लाह बिना नै बैठक राखेपछि बैठक रोक्न आग्रह गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा जारी बैठक रोक्न नेपालले आग्रह गरेका हुन् । शनिबार दिउँसो भएको टेलिफोन कुराकानीमा नेता नेपालले आवश्यक सल्लाह र परामर्श बिना राखिएको बैठक रोक्न सुझाव दिएका छन् ।

टेलिफोन संवादमा नेता नेपालले अदालतमा विचाराधीन मुद्दामा संलग्न हस्ताक्षर फिर्ता लिन नसकिने अडान राखे । शुक्रबारको बैठकबाट अध्यक्ष ओलीले सोमबार साँझसम्म हस्ताक्षर फिर्ता नभए एकता नहुने घोषणा गरेका छन् ।

तर नेता नेपालले हस्ताक्षर फिर्ताको प्रस्ताव एकोहोरो भएको प्रतिक्रिया दिएका छन् । सांसदहरुले हस्ताक्षर कुनै पनि हालतमा फिर्ता लिन नहुने अडान राखेपछि माधव नेपालले पार्टी एकतामा आफू बाधक भएको भनेर सुनियोजित हल्ला चलाइएको बताएका थिए ।