१२ बैशाख २०८१, बुधबार

अविरल वर्षाका कारण वीरगञ्ज महानगरपालिका डुवानमा

Flood 750x375 1

अविरल वर्षाका कारण पर्साको वीरगञ्ज महानगरपालिकालगायत जिल्लाका विभिन्न स्थान डुबानमा परेका छन् । पानीको सहज निकास हुन नसकेका कारण वीरगञ्ज महानगरको रानीघाट, श्रीपुर, राधेमाइ, रामगढवा, आदर्शनगर, चिनी मिल आवास क्षेत्र, नगवालगायतका क्षेत्र डुबानमा परेका छन् ।

वर्षाको पानी नालीबाट निकास नभएपछि कतिपयका घर तथा पसलहरुमा पनि डुबानमा छन् । प्लाष्टिकजन्य फोहोरहरु सडक र नालामा फाल्ने गरिएका कारण नाला जाम हुने गरेको छ । अविरल वर्षाले पर्साको ग्रामीण क्षेत्रका नदी र खोलाहरूमा पानीको सतह बढेर बस्ती डुबानमा परेका छन् । नदी र खोलाको बाढीले केही स्थानमा खेतीयोग्य जमीनसमेत कटान गरेको छ । पर्साको पकाहा मैनपुर गाउँपालिकाको वडा नम्बर ४ खेस्रहामा पर्ने प्रहरी चौकी लगायत घरहरु डुबानमा परेका छन् । पकाहामैनपुर गाउँपालिकाकै धोबियाटोल, सबैठवा, सुर्जाहा, मैनपुर ,धोरे गाउँ पनि डुबानमा परेको छ ।

त्यस्तै, जगरनाथपुर गाउँपालिकाको जानकी टोलस्थित ओरिया नदीमा पानीको सतह बढेर बाढी पस्दा दसौता गाउँ डुबानमा परेको छ । पर्साकै छिपहरमाई गाउँपालिकाको भिस्वा, मुडली, लङ्गडी गाउँपनी डुबानमा परेको छ ।