१३ बैशाख २०८१, बिहीबार

लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमनले दिइन् राजीनामा

60dedb067372d sunam

लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझी शुक्रबार राजीनामा दिनुभएको छ ।

उहाँ जनता समाजवादी पार्टी (जसपा)का प्रदेशसभा सदस्य समेत हुनुहुन्छ । नेपालको संविधानको धारा १६९ को २ (क) बमोजिम आजको मितिबाट लागू हुने गरी राज्यमन्त्री सुमनले राजीनामा लिनुभएको हो ।

राज्यमन्त्री सुमनले जसपाको सरकारलाई समर्थन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको भन्दै राजीनामा दिनुपरेको राजीनामा पत्रमा उल्लेख छ ।