८ बैशाख २०८१, शनिबार

आगामी ३ दिनको मौसम:थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

weather thunderstorm

आइतबार दिउँसो देशको पश्चिमी, मध्य र पूर्वको पहाडी क्षेत्रमा आंशिक र सामान्य बदली हुनेछ । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशााखाका अनुसार अपरान्हपछि पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमालि भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति देशको पश्चिमी भू–भागसहित मध्य र पूर्वको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी भू–भागका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

फागुन १९ गते (सोमबार) दिउँसोः देशको पुर्वी भू-भागमा सामान्य बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पुर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। रातीः देशको पुर्वी भू-भागमा सामान्य बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका एक दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

फागुन २० गते (मंगलबार) दिउँसोः देशको पुर्वी भू-भाग तथा मध्य भूभागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पुर्वी पहाडी भूभागका थोरै स्थान र मध्य तथा पश्चिमी पहाडी भू-भाग एक दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। रातीः देशको पुर्वी भू-भागमा तथा मध्य भूभागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी पहाडी भू-भाग एक दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

महाशाखाले अहिले नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।