१२ बैशाख २०८१, बुधबार

एमाले केन्द्रिय सदस्य दनुवारले पनि छाडे माधवको साथ,लागे ओली समूहमा

images

नेकपा एमालेको माधव नेपाल पक्षले बहिष्कार गरेको शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सो समूहका दुई केन्द्रीय सदस्य सहभागी भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्‍मा १२ दिन मन्त्री बनेका गणेश पहाडीसहित उनकै गृहजिल्ला सिन्धुलीका तत्कालीन नेकपा एमालेका इन्चार्ज कमलजंग राई दनुवार पनि शुक्रबारबाट ओली पक्षमा खुलेका छन् ।

बालुवाटारमा भएको बैठकमा पहाडी र राई पहिलोपटक सहभागी भएका हुन् । यसअघि नवौं राष्ट्रिय महाधिवेशनमा दुवैजना माधव नेपाल प्यानलबाट निर्वाचित भएका थिए । नेकपा विभाजनपछि पनि दुवै नेता प्रचण्ड-माधव पक्षमा थिए । नेकपा एमाले व्युँतिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने बेलासम्म पहाडी माधव पक्षमै रहेर अनुपस्थित भएका थिए ।

तर, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा उभिन नमानेका उनी पछिल्लोपटक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री थिए । पहाडी र दनुवार एमाले ब्युँतिएपछिको बैठकमा पहिलोपटक सहभागी भएका हुन् ।