११ बैशाख २०८१, मंगलवार

युरोकपको क्वाटरफाइनल खेल आजबाट सुरु हुदै, स्विट्जरल्यान्डले स्पेन तथा बेल्जियमले इटालीको सामना गर्ने

italy vs austria 1

युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदैछ ।युरोकप अन्तर्गत शुक्रबार क्वाटरफाइनलको दुई खेल हुनेछन् ।

पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्ड र स्पेन भिड्दा दोस्रोमा बेल्जियम र इटाली प्रतिस्पर्धा गर्ने छन् ।स्विट्जरल्यान्ड र स्पेनबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।पहिलो क्वाटरफाइनलमा मैदान उत्रदा दुबै टिमको नजर सेमिफाइनलमा पुग्नु हुनेछ । त्यसका लागि स्विट्जरल्यान्ड र स्पेन जित निकाल्न चाहन्छन् ।

स्विट्जरल्यान्ड र स्पेनबीच युरोपियन च्याम्पियनसिपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । विश्वकपमा भने दुई टिमबीच तीन पटक खेलेका छन् । जसमा स्पेनले दुई जित निकाल्दा एक जित स्विट्जरल्यान्डको पक्षमा गएको छ ।

यस्तै बेल्जियम र इटालीबीचको दोस्रो क्वाटरफाइनल खेल जर्मनीको एलिनाज स्टेडियममा हुनेछ । खेल राति १२:४५ बजे सुरु हुनेछ ।उपाधि दाबेदार बेल्जियम र इटाली दुबै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा हुनेछन् । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

दुई टिमबीच हालसम्म २२ खेल भएको छ । जसमा इटालीले १४ खेल जितेको छ । चार खेल बेल्जियमले जित्दा ४ खेल बराबरीमा सकिएको छ ।