
इच्छाकामना गाउँपालिका वडा नम्बर ६ जलवीरे नजिकै जाममा रहेको ट्रकमाथि पहिरो खसेको हो। आज बिहान करिब ७ बजेतिर खसेको पहिरोले एकको एक छेउ पुरेको छ।
पहिरोले नारायणघाटबाट मुग्लिनतर्फ सामान लिएर आउँदै गरेको ग १ ख ९९६१ नम्बरको ट्रकको आधा भाग पुरेको छ। पहिरोले यात्रुबहाक एक बसमा पनि क्षति पुर्याएको छ। ट्रकको आधा भाग पुरेको छ ।
उक्त सडक खण्ड अन्तर्गत इच्छा कामना गाउँपालिका ६ जलवीरे नजिकै जाममा लामबद्ध रूपमा रोकिराखेको ट्रक माथि आज बिहान करिब ७ बजेतिर पहिरो खसेको हो ।
पहिरोमा ग २ च ४०२९ नं। को एउटा स्कोरपियो गाडी पनि फसेको छ । पहिरोले अर्को एउटा यात्रु बाहक बसमा समेत सामान्य क्षति पुर्याएको छ । उक्त राजमार्ग अहिले पूर्ण रूपमा दुईतर्फी नै बन्द रहेको छ ।
पहिरो पन्छाएर राजमार्ग सुचारु गराउन बिहानैदेखि प्रहरी र सडक विभाग लागि परे पनि ठाउँ ठाउँमा गएको पहिरोका कारण राजमार्ग खुलाउन कठिन परिरहेको छ ।
बुधवारदेखि निरन्तरको बर्षाका कारण पहिरो गइरहने भएकोले मुग्लिन–नारायणगढ सडक खण्ड पटक–पटक अवरुद्ध हुने गरेको छ ।


