१२ बैशाख २०८१, बुधबार

थप एक हजार ८५७ सङ्क्रमित, अहिलसम्म नौ हजार १४५ जनाको मृत्यु, चारहजार १७ सङ्क्रमणमुक्त

corona

पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणमा थप एक हजार ८५७ जनामा कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साे संख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चारहजार १७ छ । नेपालमा अहिले ३१ हजार ३६८ जना सङ्क्रमित रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ३३ जना बिरामीको मृत्यु भएको छ । योसँगै अहिलसम्म नौ हजार १४५ जनाको मृत्यु भएको छ ।