१३ बैशाख २०८१, बिहीबार

सोलुखुम्बुका ६ सय बढी घर पहिरोको जोखिममा

Mahakulung2021 07 01 09 43 05

हिमाली जिल्ला सोलुखुम्बुका ६ सय भन्दा बढी घरधुरी पहिरोको उच्च जोखिमा रहेका छन । जिल्लाका ८ वटै पालिकाको तथ्यांक अनुसार ६ सय भन्दा बढी घरपरिवार पहिलो उच्च जोखिममा रहेका छन् ।
जस अनुसार सोलुदुधकुण्ड नगरपालिका–७ गार्मामा २५ घरघुरी पहिरोको जोखिममा रहेको नगरपालिकाले जनाएको छ । यस्तै वडा नम्बर १ को नुनथला बजार र सोलुखोला आसपासका क्षेत्रमा पनि जोखिम रहेको मेयर नाम्गेल जाङ्बु शेर्पाले बताउँनुभयो ।

यस्तै, थुलुङ दुधकोशी गाउँपालिकाको वडा नम्बर ७ को लुरुवा, वडा नम्बर ९ को लिखेप, फलाटे, वडा वडा नम्बर ३ पञ्चन, वडा नम्बर १ नेलेका ५० घरधुरी भन्दा बढी पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाले पहिचान गरेको छ ।

यस्तै, लिखुपिके गाउँपालिकामा करिब ५५ घरधुरी जोखिममा रहेको गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको मेस्की र एर्माखुमा गरी ५५ घरधुरी जोखिममा छ ।
उहाँका अनुसार राहत तथा उद्धारका लागी प्रत्येक वडा वडामा उद्धार सामाग्री, राहत लगायतका सामाग्रीको व्यवस्थापन भइसकेको छ ।

माप्य दुधकोशी गाउँपालिकाको वाप्सा स्थित तामाखानी क्षेत्र, बोधु, अँधेरी, लगायतका ३ सय भन्दा बढी घरधुरी पहिरोको जोखिममा रहेको गाउँपालिका प्रवक्ता तेजबहादुर मगरले जानकारी दिनुभयो ।
सोताङ गाउँपालिकामा भने ४ घरधुरी जोखिममा रहेको गाउँपालिकाले जनाएको छ ।

विगतमा जोखिम रहेको स्थानहरुमा तारजाली, पर्खाल लगाउने काम गरिएको गाउँपालिका अध्यक्ष वीरबहादुर राईले बताउँनुभयो । खुम्बुपासाङ ल्हामु गाउँपालिकामा खुम्जुङ, खुन्दे, इम्जा र फेरुचे लगायतका क्षेत्रमा पहिरोको जोखिम रहेको गाउँपालिकाले जनाएको छ ।

नेचा सल्यान गाउँपालिकाको बतासे, पातीखर्क र बोरोरे क्षेत्रमा पहिरोको जोखिम रहेको गाउँपालिका प्रवक्ता धर्मध्वज खत्रीले जानकारी दिनुभयो । सडक निर्माण र खोला नजिकै घर बनाएकाले पहिरोको जोखिम बढेको उहाँको भनाई छ ।

५ सय रोपनी खेती योग्य जमिन र १ सय हेक्टर बन क्षेत्र पहिरोको उच्च जोखिममा

जिल्लाको ५ सय रोपनी खेती योग्य जमिन र १ सय हेक्टर बन जङगल समेत पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ । नेपालका ७७ जिल्ला मध्ये सोलुखुम्बु बिपद जोखिमको २३ औ स्थानमा रहेको छ ।

जिल्ला प्रसाशन कार्यलय सोलुखुम्बुका अनुसार बार्षिक रुपमा २५ घरपरिवार पहिरोका कारण बिस्थापित हुने गरेका छन । यता प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बिपद व्यवस्थापन समितिका संयोजक गणेश बिक्रम शाहीले सबै स्थानीय तहसँग समन्वय गरि रोकथाम, राहत तथा उद्धारका लागी तयारी अवस्थामा रहेको बताउँनुभयो ।