१३ बैशाख २०८१, बिहीबार

भेट्न बोलाएर कुटपिट

FZKEPeA0 750x375 1

जनकपुरधामको जलाद पुलमा एक समूहले औरही गाउँपालिका १ का २२ वर्षीय सिराजुल राइनलाई कुटपिट गरेको छ ।

टाउकोमा गम्भीर चोट लागेर घाईते राइन उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका हुन् । घाईते राइनले गाउँकै साहिद राइनसहितका १०/१२ जनाको समूहमा रहेका व्यक्तिहरुले कुटपिट गरेको बताएका छन् । ‘मंगलवार दिउँसो ४ बजेको घटना हो’, घाईते राइनले भने, ‘मलाई फोन गरेर भेट्न भनेका थिए । त्यहाँ पुगेपछि एक्कासी कुट्न थाल्यो ।’ किन कुटपिट गरेको कुरा पनि थाहा नपाएको उनको भनाई छ । कुटपिट गर्नेहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा बिहीवार उजुरी दर्ता गराउने पीडित राइनले बताएका छन् ।