७ बैशाख २०८१, शुक्रबार

जसपाको ठाकुर समुहमा भाँडभैलो, बैठकमा बहुमत नपुग्दा ठाकुर दुतावासमा

mahant thakurrr 750x375 1
फाइल फोटो

जनता समाजवादी पार्टी(जसपा)मा अध्यक्ष महन्थ ठाकुरले एकपक्षिय रुपमा गठन गरेको कार्यकारिणी समितिका सदस्यहरुले समेत बैठक वहिष्कार गरेका छन् ।

ठाकुरले बुधवार बबरमहल स्थित पुरानो राष्ट्रिय जनता पार्टी (राजपा)को कार्यालयमा बोलाएको बैठकमा समेत बहुमत सदस्यहरु अनुपस्थित रहेपछि अनौपचारिक भन्दै केहि बेर छलफल भएको सहभागिहरुले जनाए ।

जसपामा अल्पमतमा परेका ठाकुरले किर्तेजालसाजीगर्दै अध्यक्ष उपेन्द्र यादव पक्षिय २० जनालाई हटाएर आफ्ना पक्षका उतिकै संख्या थपगरि बहुमत पु¥याउने प्रयास गरेपनि त्यो सफल नहुने देखिएकोछ । निर्वाचन आयोगमा ठाकुर पक्षले आधिकारिकताको दावीगर्दै पत्र दर्ता गराएपछि २२ गते दुवै पक्षलाई छलफलका लागि आयोगले बोलाएको छ । त्यस सम्बन्धमा छलफल गर्न उनले बोलाएको बैठकमा समेत बहुमत सदस्य उपस्थित नभएपछि अनौपचारिक छलफल भएको बताउँदै निर्णय नलेखिएको जनाइएको छ ।

पूर्व राजपाको बैठकमा ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल कुमार झा, वृशेषचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्ल, मनिष सुमन, विमल श्रीवास्तव, चन्दा चौधरी, उमाशंकर अरगडिया, उपेन्द्र महतो, इकवाल मियाँ, एकवाल अहमद शाह, लक्ष्मण लाल कर्ण, केशव झा, मिथिलेश झा, सुरेन्द्र झा, उमाकान्त झा लगायतका सहभागिता थियो । ठाकुरले एकतर्फी रुपमा बनाएको कमिटीमा ३८ जना पु¥याएका छन् । तर त्यसमा मधेश आन्दोलनका नायकहरु राजकिसोर यादव, अमृता अग्रहरी, रानी मण्डल लगायतका कार्यकारिणी सदस्यहरु सहभागि भएका थिएनन् । त्यसमा डा.विजयकुमार सिंहपनि अनुपस्थित रहेको बताइएको छ ।

निर्वाचन आयोगले २२ गते बोलाएको आधिकारिकता सम्बन्धी विवादको छलफलका लागि बोलाएको विषयमा छलफल भएको कार्यकारिणी सदस्य वृशेषचन्द्र लालले जनाए । ‘सर्वोच्च अदालतमा संसद विघटन सम्बन्धी चलिरहेको मुद्दामा पुनस्र्थापनाको पक्षमा फैसला भए अथवा विपक्षमा फैसला भए उत्पन्न हुने परिस्थितिबारे छलफल भएको हो’ उनले भने, काठमाण्डुमा उपलब्ध रहेका कार्यकारिणी समितिका सदस्यहरुबीच अनौपचारिक छलफल मात्र भएको हो ।

आफूलाई प्रथम अध्यक्ष रहेको दावीगर्दै ठाकुरले पुनर्गठन गरेको कार्यकारिणी समितिलाई निर्वाचन आयोगले मान्यता दिएको छैन् । अदालतबाट संसद पुनस्र्थापना भएपनि , नभएपनि ठाकुरले दिएको प्रलोभन पुरा नभएपछि असन्तुष्ट बनेका निवर्तमान सांसद र कयौं कार्यकारिणी समिति सदस्यले साथ छाडिसकेका छन् । बैठकमा उपस्थिति कमजोर भएपछि ठाकुर उठेर सोझै भारतिय दुतावास गएको उच्च स्रोतले जनाए। तर उनी किन गएको भने जानकारी दिइएको छैन् । पार्टीको कार्यकारिणी समितिमा अल्पमतमा परेका ठाकुर अब विघटित संसदको दलमा समेत अल्पमतमा परेका छन् । उनले सरकारमा जसपाबाट सांसदहरुको चयनगर्दा जसपाका प्रभावशाली नेता राजकिसोर यादव, अमृता अग्रहरी लगायतलाई पूर्ण उपेक्षा गरेका थिए ।उनीहरु अहिले ठाकुरलाई साथ छाडेका छन् ।