८ बैशाख २०८१, शनिबार

कोरोना फैलिएसँगै अष्ट्रेलियाका प्रमुख सहरमा लकडाउन

australia lockdown

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएसँगै अष्ट्रेलियाका प्रमुख सात सहरमा लकडाउन गरिएको छ । निक्कै संक्रामक मानिने डेल्टा भेरियन्टको संक्रमण फैलिरहेको अवस्थामा अष्ट्रेलियाका प्रमुख सहरमा लकडाउन गरिएको हो । अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबार अष्ट्रेलियामा कोरोनाका संक्रमितको संख्यामा थप वृद्धि भएको देखिएको छ । यससँगै अष्ट्रेलियामा डेल्टा भेरियन्टबाट संक्रमित हुनेको संख्या दुई सय नाघेको छ ।

अष्ट्रेलियाको सिड्नी, ब्रिसबेन, पर्थ, डर्विन, टाउन्सभिल्ला र गोल्ड कोस्टमा लकडाउन गरिएको हो । यी सात सहरको समग्र जनसंख्या अष्ट्रेलियाको कूल जनसंख्याको करीब आधा छ ।