१५ चैत्र २०८०, बिहीबार

स्याङ्जामा असार २५ सम्म निषेधाज्ञा

syangja cdo office

स्याङ्जामा यही असार २५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आज सूचना जारी गर्दै यस अघि कायम रहेको निषेधाज्ञालाई बढाएर असार २५ गतेसम्म कायम रहने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालद्वारा जारी सूचनामा गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना सङ्क्रमणको जोखिम जिल्लामा कायमै रहेकोले निषेधाज्ञा थप गरिएको हो ।