१३ बैशाख २०८१, बिहीबार

चितवनमा आज चार कोरोना संक्रमितको मृत्यु, आईसीयूमा ९४ जनाको उपचार हुँदै

covid death

चितवनका विभिन्न अस्पतालहरुमा आज एकै दिन चार कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालयले आज उपलब्ध गराएको तथ्यांक अनुसार मृतक चार जनामा चितवनका दुई जना र बाहिर जिल्लाका दुई जना छन् । भरतपुर अस्पतालमा १ जना, चितवन मेडिकल कलेजमा २ जना र पुरानो मेडिकल कलेजमा १ जनाको मृत्यु भएको हो ।

त्यसैगरी चितवनका विभिन्न अस्पतालहरुमा २२३ जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ९४ जना, भेन्टिलेटरमा १९ जना, एचडीयूमा २८ जना, जेनरल बेडमा १०१ जना बिरामी रहेका छन् । विगत २४ घण्टमा विभिन्न अस्पतालबाट २८ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।