११ बैशाख २०८१, मंगलवार

निषेधाज्ञाको मोडालिटीबारे निर्णय हुन सकेन, भोलि पुनः बैठक बस्ने

lockdown 12
फाइल फोटो

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठक सम्पन्न भएको छ । निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा छलफल भए पनि थप क्षेत्र खुला गर्ने वा नगर्ने भन्ने विषयमा निश्कर्षमा पुग्न नसकेकाले सोमबार बस्ने गरी बैठक सकिएको हो ।

अहिलेकै अवस्थामा निषेधाज्ञा जारी राख्ने वा सार्वजनिक गाडी पनि चल्न दिने भन्ने विषयमा बैठकमा छलफल भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो । सोमबार विहान बस्ने बैठकले यस विषयमा निर्णय लिने उहाँले जानकारी दिनुभयो ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि सोमबार राति १२ बजेपछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।