७ बैशाख २०८१, शुक्रबार

निषेधाज्ञा एक साता थप हुने, सार्वजनिक यातायात खुल्ने संभावना कम

ezgif.com webp to jpg 1

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । दिउँसो बस्ने बैठकले जारी निषेधाज्ञाको बारेमा मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्ने छ ।

जारी निषेधाज्ञा एक हप्ता थप हुँने र अन्य केही क्षेत्र खुकुलो बनाइने जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।सार्वजनिक यातायात सञ्चालन गर्न दिन माग आए पनि अहिलेको अवस्थामा खोल्ने अवस्था आफुहरु नपुगेको र यस विषयमा पनि आज निर्णय हुने प्रजिअ निरौलाले बताउनुभयो ।

अरु के– के क्षेत्र थप खुकुलो हुँन्छन् भन्ने प्रश्नमा अहिले खुला भएका क्षेत्रहरुको खोल्ने र बन्द गर्ने समय तालिका हेरफेर हुँन्छ र अन्य थप खुला हुने क्षेत्रलाई समय मिलाएर खोल्न दिनेछाैं उहाँले भन्नुभयो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि (सोमबार) राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।