१३ बैशाख २०८१, बिहीबार

प्रचण्डले भनेः हु इज केपी ओली ?

Prachanda
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीका रबर स्ट्याम्प भएको आरोप लगाएका छन्। संसद् भवनमा विपक्षी गठबन्धनले पत्रकारसँग गरेको अन्तरक्रियामा उनले भने, ‘राष्ट्रपति ओलीको रबर स्ट्याम्प भएकै हो। त्यसको विरोध गरेर बोल्न पाइँदैन भन्ने हु इज केपी ओली ?’

उनले राष्टपति राजाभन्दा बढी हुन खोजेको बताएको भन्दै राजा ल्याउनुपर्यो नभनेको स्पष्टीकरण दिए। बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियामा उनले राष्ट्रपतिभन्दा राजाकै मान सम्मान रहेको बताएका थिए। यसको चौतर्फी आलोचना भएपछि उनले स्पष्टीकरण दिएका हुन्।