१९ श्रावण २०७८, मंगलवार

आजदेखि युरोकपमा नकआउट चरणका खेल हुँदै

euro cup

१६ औ संस्करणको युरोकप फुटबलमा आजदेखि नकआउट चरणका खेल सुरु हुदैँछ । बुधबार राति भएको अन्तिम चार खेलसँगै युरोकपको समूह चरणको खेल सकिएसँगै आजबाट नकआउट चरणका खेल सुरु हुने भएको हो ।

नकआउट चरणको खेलमा पहिलो खेलमा राति पौने १० बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा खेल्दैछन् । समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको वेल्सले समूह ‘बी’ को दोस्रो स्थानबाट अन्तिम १६ मा पुगेको डेनमार्कसँग खेल्न लागेको हो ।

त्यस्तै, इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने इटाली र अष्ट्रियाबीचको खेल राती १२:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।