५ जेष्ठ २०८१, शनिबार

बर्दियाका कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु

covid death

बाँकेमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँसगढी नगरपालिका वडा नम्बर ७ बर्दियाका ३८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताउनुभयो ।

यो सँगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ५४ जना र बाँकेका ३१० जनाको मृत्यु भएको छ ।