१३ बैशाख २०८१, बिहीबार

प्रधानमन्त्री ओलीद्धारा मन्त्रीहरुकाे जिम्मेवारी हेरफेर, गृहको जिम्मा पौडेललाई

2020 05 25 image 96

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुकाे जिम्मेवारी हेरफेर गर्नुभएको नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैँसँग राखेर मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको हो ।

त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएको छ ।

त्यस्तै मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको छ ।

मन्त्री बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएको छ ।

मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको छ ।

mantriparisad 1