११ बैशाख २०८१, मंगलवार

अर्थमन्त्रीलाई गगन थापाको जवाफ: बहस कहाँ गरौं संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा ?

Gagan Thapa 1

नेपाली कांग्रेस नेता गगन थापाले पुस्तकमा लगाइएको करबारे अर्थमन्त्री डा. युवराज खतिवडाको भनाइमा प्रतिक्रिया जनाएका छन् ।

किताब करबारे अर्थमन्त्री युवराज खतिवडाले बिहीबार सार्वजनिक गरेको भनाइप्रति नेपाली कांग्रेसका सांसद गगन थापाले ट्विटरमार्फत बहस गर्न तयार रहेको जवाफ दिएका हुन ।

सरकारका प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा पुस्तकमा कर लगाएको हो, ज्ञानमा होइन, करको विषयमा बहस गर्न तयार छु, भनेका थिए।

सोही विषयमा बिहीबार थापाले आफू बहस गर्न तयार रहेको प्रतिक्रिया दिएका छन्। शुक्रबार ट्वीट गर्दै थापाले भनेका छन्, मन्त्रीज्यू, हामी पनि तयार छौँ।बहस कहाँ गरौं, संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा ?’ विदेशबाट आयात हुने किताबमा सरकारले १० प्रतिशत कर लगाएको छ।