१३ बैशाख २०८१, बिहीबार

‘ओलीले सुरू गरेको कोर्स करेक्सन गर्न हामी लागेका छौं’ : माधवकुमार नेपाल

Madhav Nepal
फाइल फोटो

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गल्ती स्वीकार गरेर कोर्स करेक्सन गर्न तयार भए प्रधानमन्त्री केपी ओलीलाई पनि स्वागत गरिने बताएका छन् । नेपालले ओलीले गरेका गल्ती सच्याउन आफू विपक्षी गठबन्धनमा सहभागी भएको बताएका हुन् ।

विपक्षी गठनबन्धनले सम्पादकहरूसँग गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले ‘म माधव नेपाल पूर्वप्रधानमन्त्री हुँ । एमालेको वरिष्ठ नेता हुँ । केपी ओलीले गरेको कारवाहीको अर्थ छैन । ओलीले सुरू गरेको कोर्स करेक्सन गर्न हामी लागेका छौं’, नेपालले भने ।

उनले गल्ती स्वीकार गरेर कोर्स करेक्सन गर्न तयार भए प्रधानमन्त्री ओलीलाई पनि स्वागत गरिने बताए । ‘मान्छे हुन् कहिलेकाहीँ गल्ती हुन्छ । गल्ती स्वीकारेर कोर्स गरेर आउनुहुन्छ भने केपी ओलीलाई स्वागत छ’, नेपालले भने ।

संविधानविपरीत संसद नै भंग गर्ने काम गरेकोले विपक्षी गठबन्धन सक्रिय हुनुपरेको नेपालले बताए ।