८ बैशाख २०८१, शनिबार

युट्युबमा भाइरल सन्तोषीको बलात्कार प्रतिकार गर्दा हत्या, एक युवक पक्राउ

Santoshi Subba death

विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । प्रहरीले अन्दाजी २१ वर्षीय सुरेश तिम्सिनालाई पक्राउ गरेको छ ।

प्रहरीका एक अधिकारीका अनुसार तिम्सिनाले सुरुमा बलात्कार प्रयास गरेको र सुब्बाले प्रतिकार गरेपछि हत्या गरेको पाइएको छ । ‘उनले सुरुमा घाँटी थिचेर ज्यान लिएको र पछि नचिनियोस् भनेर अनुहार क्षतविक्षत हुने गरी प्रहार गरेको पाइयो,’ ती अधिकारीले भने । प्रहरीका अनुसार सुरेशले सन्तोषीलाई गत आइतबार मात्रै भेटेको पाइएको छ । सुरेश दक्षिणकालीको वर्कशपमा काम गर्ने गरेको र सन्तोषी दक्षिणकालीतर्फ गएको अवस्थामा सुरेशले सन्तोषीलाई भेटेको पाइएको छ ।

60d42cf911a7a arrest12

सन्तोषीलाई भेटेपछि सुरेश र सन्तोषी दक्षिणकाली मन्दिरतर्फ गएको र दिनभरी उनीहरु सँगै बसेको पाइएको छ । त्यसपछि सुरेशले सन्तोषीको हत्या गरी त्यहाँबाट ट्याक्सी चढेर बल्खुतर्फ आएका थिए । प्रहरीका अनुसार आमा बिरामी हुनुहुन्छ भन्दै सुरेश राती ११ बजेतिर ट्याक्सी चढेर वल्खुतर्फ आएको पाइएको छ । आमालाई कुनै अस्पतालमा पुराएर उनी भक्तपुर गई बसेको र बुधबार मात्रै उनी असन आएको अनुसन्धानमा देखिएको छ ।