१६ चैत्र २०८०, शुक्रबार

युरोकप फुबटलमा आज समूह चरणका अन्तिम ४ खेल हुँदै

euro cup

युरोकप फुटबलमा आज समूह चरणका अन्तिम चार खेल हुँदैछन्। समूह ‘ई’ र ‘एफ’ का २/२ खेल हुनेछन्। युरोकपमा ८ टिमले अन्तिम १६ मा स्थान बनाइसकेका छन्।

आज राति ९:४५ बजे स्पेनले स्लोभाकियासँग र स्वीडेनले पोल्याण्डसँग प्रतिस्पर्धा गर्नेछन्। पोर्चुगल र फ्रान्स तथा जर्मनी र हंगेरीबीच राति १२:४५ बजे खेल हुनेछ। आज प्रिक्वाटरफाइनलमा पुग्ने ४ टोलीको टुंगो लागेपछि बाँकी चार टोली समूहमा उत्कृष्ठ तेस्रो हुनेमध्येबाट छानिनेछन्।