६ बैशाख २०८१, बिहीबार

जापानमा कोरोना भाइरसको सङ्क्रमण रोक्न विद्यालय बन्द

japan school

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जापानका सबै विद्यालय बन्द गरिने भएको छ ।

बिहीबार प्रधानमन्त्री शिन्जो आबेले नयाँ कोरोना भाइरसको सङ्क्रमण रोक्नको लागि देशका विद्यालयहरु केही हप्ता बन्द गर्न आग्रह गरे ।जापानमा कोरोना भाइरसका कारण चौथो व्यक्तिको मृत्यु भएपछि प्रधानमन्त्रीले यस्तो आव्हान गरेका हुन् ।

कोरोना भाइरस सङ्क्रमित यात्रु भेटिएपछि जहाजमा नै क्वारेन्टाइनमा राखिएका करिब ७ सय यात्रुलाई जापानमा डायमण्ड प्रिन्सेस नामक पानीजहाजका चालक दलका सदस्यले छोडिदिएपछि पछिल्लो कदम आएको हो ।

सरकारले बच्चाहरूको स्वास्थ्य र सुरक्षालाई अरूभन्दा उच्च प्राथमिकता दिने उनको भनाइ छ ।

देशभरका सबै प्राथमिक निम्न माध्यामिक र माध्यमिक विद्यालयलाई यही मार्च २ गतेदेखि अस्थायीरूपमा केही समयका लागि अर्थात् हिउँदे विदासम्मका लागि बन्द गर्न उनले आह्वान गरे । जापानमा ‘स्प्रिङ होलिडे’ मार्चको अन्त्यमा सुरू हुने गर्छ ।

जापानको उत्तरी होकाइदो शहरमा गत बिहीबार एक असी वर्ष पार गरेका वृद्धलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि त्यहाँका सार्वजनिक प्राथमिक तथा निम्नमाध्यमिक विद्यालयहरू यस अघि देखि नै बन्द छन् ।