१५ चैत्र २०८०, बिहीबार

प्रधानमन्त्री ओलीले भने : कांग्रेस केकमा राष्ट्रवाद खोज्न थाल्यो, संसदबाट भागेको छैन, आएर जवाफ दिउँला

KP Oli 2

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट नभागेको बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गोकुल बाँस्कोटा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि आशंका रहेको र सदनमा आएर जवाफ दिनुपर्ने बताइरहेका उनले केही दिनमा आएर जवाफ दिने बताएका हुन् ।

जन्मदिनका दिन यती समूहको प्रायोजनमा केक काटिएको र पार्टी आचारसंहिता विपरीत भएको भन्दै आलोचना भइरहेका बेला अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गर्ने केही विषय नपाएका बताए ।

“प्रधानमन्त्री संसदबाट भाग्यो भनेर हल्ला भएको छ रे १ दुई तिहाइ मत ल्याएको प्रधानमन्त्री संसदबाट भाग्ने कुरा आउँदैन । संसद्बाटै निर्वाचित भएको हुँ । झन् भाग्ने कुरा आउँदैन । केही दिनभित्र आएर उठेका प्रश्नको जवाफ दिन्छु,” बुधबार पार्टीको वागमती प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा ओलीले भने ।

उनले कामकाजको हिसाबले प्रधानमन्त्री सधैँ सदन जान नभ्याउने स्मरण गराउँदै प्रश्नबाट नतर्कने, नपन्छने बताएका हुन् ।

१५ वर्ष मजाले काम गर्छु

प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै मिर्गौला प्रत्यारोपण गर्ने बताएका छन् । प्रशिक्षण कार्यक्रममा नेकपा अध्यक्षसमेत रहेका ओलीले केही दिनभित्रै मिर्गौला प्रत्यारोपण गर्ने बताएका थिए ।

१२ वर्षअघि भारतको नयाँ दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका ओलीले केही दिनअघि सम्पादकहरूकोसँगको भेटमा पनि निकट भविष्यमै पुनः प्रत्यारोपण गर्ने र २०–२५ वर्ष ढुक्क हुने बताए थिए ।

त्यही कुरा दोहोर्‍याउँदै ओलीले प्रशिक्षण कार्यक्रममा भने, “म छिट्टै किड्नी फेर्दैछु । किड्नी फेरेपछि १५ वर्ष ढुक्कले काम गर्न सक्छु ।”

उनले स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरिरहेको पनि खुलासा गरे ।

“किड्नी फेर्छु । पाँचदिन अस्पताल बस्छु । छैटौं दिनदेखि काम गर्छु । को बिरामी हुँदैन र १ म पनि अलिअलि बिरामी हुन्छु । बिरामी भएका बेला पनि काम गर्ने बानी परेको छ,” उनले भने ।

उनले सरकारले राम्रो काम गरिरहेको भनेर दाबी प्रस्तुत गर्न छुटाएनन् । काठमाडौंका बाटो हेरेर पनि त्यो थाहा हुने अध्यक्ष ओलीको भनाइ थियो ।

पार्टीभित्र मतभेद खोज्दा विनाशको बाटोतिर अग्रसर हुने ओलीको ठोकुवा थियो । कम्युनिस्ट आन्दोलनको विभिन्न कालखण्डमा वैचारिक बहस सुरु गर्दा त्यसले विभाजनको बाटो लिएको उनले बताए ।

“बहस गर्दा ससाना चौका, कसैलाई अध्यक्ष, उपाध्यक्ष, पत्नीलाई महिला विभाग प्रमुख, छोरालाई युवा संगठनको जिम्मेवारी मिल्यो होला तर देशले के पायो त रु वैचारिक शुद्धताको नामको सङ्घर्षले देशलाई के दियो रु” उनको प्रश्न थियो ।

उनले नेकपाले भुलचुले दुई तिहाइ सन्निकट मत प्राप्त नगरेको बताउँदै सदुपयोग गरिने बताए । तालुका रौं त्यसै नझरेको बताउँदै सङ्घर्ष गर्दागर्दै र देशका लागि केही गरुँ भनेर मिहिनेत गर्दा नै आफू बिरामी परेको बताउन छुटाएनन् ।

अनाडीले अनधिकृत तरिकाले टेप गरेछ ?

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले गोकुल बाँस्कोटा प्रकरणमा स्पस्टीकरण दिँदै ‘अनाडी’ले अनधिकृत तरिकाले टेप गरेर सुनियोजित रूपमा सरकारविरुद्ध षड्यन्त्र गरेको आरोप पनि लगाए ।

प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, “अनाडीले अनधिकृत रूपमा टेप गरेछ । उहाँले ९गोकुल बाँस्कोटा०ले त्यो मेरो आवाज पनि होइन । मलाई थाहा छैन भनिसक्नु भएको छ । प्रमाणित हुँदै जाला । तैपनि प्रश्न उठेपछि उहाँले राजीनामा दिइसक्नुभएको छ । अहिले पनि मेरो आवाज होइन भनिराख्नुभएको छ । सत्यतथ्य उहाँले नै भन्नुहोला ।”

उनले कार्यक्रममा दोहोर्‍याएर स्वीस कम्पनीको एजेन्ट भनिएका विजय मिश्र असम्बन्धित र अनाडी भएको बताए ।

“त्यो अनाडी, अनधिकृत मान्छे हो । कसैको प्रतिनिधि होइन । स्वीस कम्पनीले पनि हाम्रो होइन भनिरहेको छ । किन, के उद्देश्यले रेकर्ड ग¥यो रु फ्रान्स र जर्मन सरकारसँग डिल भइरहेको छ । स्वीस कम्पनीको कुरा कहाँबाट आयो रु मैले प्रतिरक्षा गर्न खोजेको होइन । पार्टी, सरकार, आन्दोलनलाई बदनाम गराउन खोजिएको हो,” उनले कार्यकर्तालाई आश्वस्त पार्दै भने ।

उनले कांग्रेसका नेता कार्यकर्ताले आफ्नो पार्टीका नेताविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुँदा माइतीघरमा उफ्रिएर सरकारको विरोध गरेको स्मरण गराउँदै बाँस्कोटामाथि आरोप लाग्नेबित्तिकै फलानो पनि मुछियो आहा।। भनेको भन्दै चिन्ता प्रकट गरे ।

“भ्रष्टारचार भएझैं गरेर प्रचार गरिएको छ । दोषी प्रमाणित भएको छैन । मुद्दा चलेको छैन,” उनले भने ।

सोही प्रकरणमा उनले आफूविरुद्ध पनि उजुरी परेको पत्रिका पढेर थाहा पाएको भन्दै त्यससलाई पत्रु उजुरीको संज्ञा दिए ।

“मलाई समेत जोडेर उजुरी हालेको भन्ने समाचार पत्रिकामा पढेको हुँ । त्यसो हो भने त्यो पत्रु उजुरी हो । भ्रष्ट उजुरी हो,” उनले आक्रोशित हुँदै भने ।

उनले सरकारले भ्रष्टचार गर्ला, भ्रष्टाचारीको संरक्षण गर्ला भनेर चिन्ता नगर्न पनि आग्रह गरे ।

“भ्रष्ट देखिए अनुहार नहेरी कारवाही गर्छु । ऐया आत्था गर्न पाइँदैन,” उनले थपे ।

उनले सरकारले टेलिस्कोप लगाएर भ्रष्टाचारीको खोजबीन गरिरहेको बताउँदै पहिलेको तुलनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय भएको दलील पेस गरे ।

“अख्तियार सक्रिय भएको । उजुरीको संख्या बढेको छ । १२–१३ वर्षअघिका कान्ड बाहिर निक्लिएका छन् । सुन तस्करी घटेको छ । मझेरीमा गाडिएका, ओढारमा लुकाइएका सुन पनि फेला पारिएको छ,” उनले भने ।

पत्रकार धुरुधुरु रोए

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले केकमा राष्ट्रवाद खोज्न थालेको आरोप लगाएका छन् । जन्मदिनका दिन यती समूहको प्रायोजनमा केक काटिएको र पार्टी आचारसंहिताविपरीत भएको भन्दै आलोचना भइरहेका बेला अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गर्ने केही विषय नपाएका बताए ।

वागमती प्रदेश कमिटीले बिहीबार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा ओलीले भने, “पत्रकारहरू दुर्गम गाउँमा बाटो, पानी बत्ती पुगेको लेख्दैनन् । बत्ती आएको खुसीयालीमा जनता नाचेको लेख्दैनन् । कतिको भात खाए भनेर खोज्दै हिँड्छन्, त्योचाहिँ लेख्छन् ।”

दुर्गम गाउँमा आफूले पानी, बत्ती, विजुली, बैंकको शाखा लिएर गएको बताउँदै उनले भने, “जनताले त्यसकै खुसीयालीमा केक काटे । बाजा बजाए । नाचे । पत्रकारहरू त्यो लेख्दैनन् । कसले केक ल्यायो रु कतिको भात खाए भनेर लेखेछन् । जनताले केक ल्याएछन्, के राखिएको थियो मैले त हेर्दा पनि हेरिनँ । आफू नेवारको ज्वाइँ परेँ, ऐला ९रक्सी० ल्याउ भन्नु भएन । जे ल्याए त्यो छुन परिहाल्यो । एक डालो अण्डा, माछा ल्याएको थियो छुँदै पठाएँ”

उनले नेपालको नक्सा राखिएको केक काट्दा देश काटिएको रूपमा बुझिएको भन्दै युट्युव खोलेर अरू देशका चलनचल्ती हेर्न आग्रह गरे ।

“युट्युव खोल्नुहोस्, त्यहाँ मोदीको तस्बिर पनि आउँछ । मन परेको चिज केकमा राखेर काट्ने चलन नै हो । मेरो तस्बिर पनि केकमा राखेर काटेका छन् । मै काटिएँ त १,” उनको ठट्यौली थियो ।
उनले प्रतिपक्षीले विरोधको मुद्दा नै नपाएपछि केकमा राष्ट्रवाद खोज्न थालेको आरोप लगाए ।

“भारतले नाकाबन्दी लगाउँदा बोलने । आफू भोकभोकै पर्दा पनि बोलेन । चुल्हो नबल्दा बोलेन । अहिले केकमा राष्ट्रवाद खोज्न थालेको छ । नेपाली कांग्रेस केक राष्ट्रवादी हो । नाकाबन्दीका बेला नाकाबन्दी भयो पनि भन्न नसक्ने केको राष्ट्रवादी १ म नेपाली कांग्रेसलाई भन्न चाहन्छु यस्तो पाराले राजनीति हुँदैन,” उनले भने । उनले जन्मदिन प्रकरणमा कांग्रेसको विरोधलाई बेकारको तमासाको संज्ञा दिए ।