७ बैशाख २०८१, शुक्रबार

रुस र फिनल्याण्ड युरोकप प्रतियोगिताबाट बाहिरिए, बेल्जियम र डेनमार्क नकआउट चरणमा प्रवेश

1233584462.0

समूह बी बाट बेल्जियम र डेनमार्क युरोकप फूटबलको नकआउट चरणमा पुगेका छन् ।

समूह चरणको अन्तिम खेलमा फिनल्याण्डमाथि २–० को जित निकाल्दै बेल्जियमले अन्तिम १६ मा स्थान पक्का पारेको हो । शतप्रतिशत नतिजासहित बेल्जियम समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा बेल्जियमको जितमा रोमेलु लुकाकुले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । ७४औं मिनेटमा फिनल्याण्डका गोलकिपर लुकास ह्राडेकीले आत्मघाती गोल गरेपछि बेल्जियमले अग्रता लियो ।

थोमस भरमेलिनको हेडर बल पोष्टमा लागेर फर्किएको बल लुकासलाई लाग्दै गोल हुन पुगेको थियो । त्यसपछि ८१ औं मिनेटमा लुकाकुले गोल गरेपछि बेल्जियम २–० ले विजयी भयो ।

बेल्जियमले पहिलो खेलमा रुसलाई ३–० ले र दोस्रो खेलमा डेनमार्कलाई २–१ ले हराएको थियो । उता तेस्रो स्थानमा रहेको र पहिलो पटक युरोकप खेलिरहेको फिनल्याण्डको अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ ।

उता रुसमाथि ४–१ को शानदार जितसहित समूह उपविजेताको रुपमा डेनमार्कले अन्तिम १६ मा स्थान बनायो ।

medium 2021 06 21 341d3bed07

कोपेनहेगनको पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिष्टेनसेन र जोकिम मुहलेले एक(एक गोल गरेका थिए ।

रुसका तर्फबाट आर्टम ज्यूबाले पेनाल्टीमार्फत सान्त्वना गोल फर्काए । डेनमार्क पहिलो खेलमा फिनल्याण्डसँग १–० ले पराजित हुँदा दोस्रोमा खेलमा बेल्जियमसँग २–१ ले पराजित भएको थियो । यस समूहबाट रुसमा समूह चरणबाटै बाहिरिएको छ ।

यसअघि समूह सी बाट नेदरल्याण्ड्स र अष्ट्रियाले अन्तिम १६ मा स्थान सुरक्षित पारे । समूह चरणको अन्तिम खेलमा अपराजित रहेको समूह विजेता नेदरल्याण्ड्सले नर्थ म्यासेडोनियामाथि ३–० र उपविजेता अष्ट्रियाले युक्रेनलाई १–० ले हराए ।

यस समूहबाट नर्थ म्यासेडोनियाको अर्को चरण प्रवेशको सम्भावना समाप्त भैसकेको छ ।

प्रतियोगितामा आज समूह डी का दुई खेल हुँदैछन् । राति पौने एक बजे हुने खेलमा चेक रिपब्लिक र इंग्ल्याण्ड तथा क्रोएसिया र स्कटल्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।