१६ चैत्र २०८०, शुक्रबार

स्याङ्जामा निषेधाज्ञा खुकुलो, निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू

syangja cdo office

स्याङ्जामा निषेधाज्ञा खुकुलो पारिएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा अवधि सोमबार सकिँदै छ ।

जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो । जिल्लामा कोभिडका सक्रिय संक्रमितहरु घटेको र केन्द्रिय नीति आर्थिक क्रियाकलापलाई क्रियाशील बनाउने समेत रहेकाले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको प्रजिअ नेपालले बताउनुभयो ।

निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।

त्यस्तै कपडा पसल तथा फेन्सी पसल, खाद्य पसल, तरकारी तथा फलफूल पसल, कष्टमेटिक पसल, भाँडा पसल, मोबाइल पसलहरू भने स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी बिहान ५ बजेबाट दिउँसो १२ बजेसम्म खुल्नेछन् ।

बैङ्क तथा वित्तीय संस्थाहरू पनि स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन हुनेछन् भने सरकारी कार्यालयहरू भने कार्यालय प्रमुखहरू आफ्नो सेवाअनुसार सेवा प्रवाह गर्नेछन् ।