११ बैशाख २०८१, मंगलवार

विपक्षीकाे बहिष्कारपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

lumbini pradesh province

बजेटमाथि छलफल गर्न आह्वान गरिएको आजको लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । विपक्षीले सरकारको वैधतामाथि प्रश्न उठाउँदै बहिष्कार गरेपछि आजको प्रदेशसभा बैठक स्थागित भएको हो ।

असार १ गते प्रस्तुत बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल गर्ने कार्यसूची थियो । सरकारले संसदमा विश्वासको मत नलिँदै बजेटका विषयमा छलफल गर्न नसकिने जनाउँदै आजको संसद बैठक बहिस्कार गरेको नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले बताइन् । प्रदेशसभाको स्थगित बैठक ९ गते दिउँसो १ बजे बस्नेछ ।