१६ चैत्र २०८०, शुक्रबार

पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री विष्टको उपचारको क्रममा निधन

taptabahadur bista

नेपाली कांग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको उपचारको क्रममा निधन भएको छ ।

उहाँको गएरातिल लितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि विष्टको गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेकोमा सुधार नआएपछि थप उपचारका लागि गत जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

कांग्रेस सुर्खेतका पूर्व सभापतिसमेत रहेका विष्ट तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बन्नुभएको थियो ।