१६ चैत्र २०८०, शुक्रबार

दुई आत्मघाती गोलसंगै पोर्चुगल स्तब्ध, रोनाल्डोको रेकर्ड

portugal vs germany

युरोकप अन्तरगत जर्मनीसंग पोर्चुगल ४-२ गोल अन्तरले स्तब्ध बनेको छ ।

साबिक विजेता पोर्चुगललाई हराउँदै जर्मनी नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई कायम राखेको छ ।  शनिबार भएको खेलमा जर्मनीले पोर्चुगललाई ४–२ गोलले हराएको हो ।

पहिलो हाफको खेल सकिँदा पोर्चुगलले दुई आत्मघाती गोल गर्दा जर्मनीले २–१को अग्रता बनाएको छ ।

निकै रोमाञ्चक खेलमा पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डोले खेलको १५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । जर्मनीविरुद्ध उनको यो पहिलो गोल पनि हो । तर, खेलको ३५ र ३९ औं मिनेटमा पोर्चुगलका खेलाडी क्रमशः रुबेन डाइस र राफेलले आत्मघाती गोल गरे।

रुबिन डियास र राफायल गुरेरोले पोर्चुगलका लागि आत्मघाती गोल गरे । योसँगै पोर्चुगल यूरो वा विश्वकपमा एकै खेलमा दुई आत्मघाती गोल गर्ने पहिलो युरोपियन टोली बनेको छ ।

रोनाल्डोले जर्मनीविरुद्ध गोल गर्दै अर्को कीर्तिमान बराबरी गर्न सफल भएका छन् ।

kafmkdgm1624122767

उक्त गोलसँगै विश्वकप र यूरोकपमा जोडेर सर्वाधिक गोल गर्ने कीर्तिमानलाई रोनाल्डोले बराबरी गरेका हुन् ।

​उता, जर्मनी पनि युरोपियन च्याम्पियनसीपको एउटै संस्करणमा आत्मघाती गोल गर्ने र आत्मघाती गोलबाट फाइदा लिने पहिलो टोली बनेको छ ।

जर्मनीका मिरोस्लाभ क्लोसले दुई शीर्ष प्रतियोगितामा कूल १९ गोल गरेका थिए । रोनाल्डोले पनि दुईवटा प्रतियोगितामा आफ्नो गोल संख्या १९ पुर्याएका छन् ।

पहिलो खेल फ्रान्ससँग हारेको जर्मनीका लागि आजको खेल निकै महत्वपूर्ण रहेको थियो । यस्तै पोर्चुगलले भने पहिलो खेलमा हंगेरीविरुद्ध जित दर्ता गरेको थियो ।