१६ चैत्र २०८०, शुक्रबार

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका महानिर्देशक टेड्रोसले मुस्ताङको भिडिओ ट्विट गर्दै भने- ‘उनीहरू हिरो हुन्’

Mustang1624106362

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले मुस्ताङमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप खोला तारिरहेको भिडिओ ट्विट गर्दै प्रशंसा गरेका छन्।

असार १ गते मुस्ताङको छापताङ् खोला बढेपछि स्वास्थ्यकर्मीले पाइपको सहारले भ्याक्सिन क्यारिअरु तारेका थिए।

सामाजिक संजालमा भाइरल भएको उक्त भिडिओलाई महानिर्देशक टेड्रोसले ट्विट गर्दै स्वास्थ्यकर्मीले यो साहसका साथ जीवनरक्षाका लागि काम गरिरहेको बताएका छन्। तर कतिपय स्थानमा यी नायकहरुले अझै खोप लगाउन नपाएको उनको गुनासो छ। उनीहरुले खोप पाएको छैनन्, के यो जायज छ ? भन्ने प्रश्न गर्दै उनले उनीहरुलाई खोप तत्काल लगाउनु पर्ने जिकिर गरेका छन्।

    सम्बन्धित समाचार...