४ बैशाख २०८१, मंगलवार

नेपाल स्काउटको भूमिका प्रशंसनीय

kp oli address nation coronavirus

प्रधानमन्त्री केपी शर्मा ओलीले स्काउट अभियानको विकास र विस्तार गर्न सरकारले आगामी आर्थिक वर्षभित्र देशका १३ हजार सामुदायिक विद्यालयमा स्काउट एकाइ सञ्चालन गर्ने बताउनुभएको छ । शनिबार परेको नेपाल स्काउटको ७०औँ स्थापना दिवसको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले दिनुभएको शुभकामना सन्देशमा स्काउटका सङ्गठनलाई संविधान अनुकूल बनाउँदै सात प्रदेश र ७५३ वटै स्थानीय पालिकामा विस्तार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय सम्बन्धमा समेत व्यापक सुधार भई नेपाल एसिया प्रशान्त क्षेत्रमै एउटा नमुना र अब्बल स्काउट सदस्य राष्ट्र बन्न सफल भएको छ ।”

प्रधानमन्त्री ओलीले बालबालिका तथा युवालाई चरित्रवान्, स्वयंसेवी, नैतिकवान् र स्वावलम्बी बनाउँदै सानै उमेरदेखि साहसिक क्रियाकलाप, विपद् व्यवस्थापन, सामुदायिक कार्य र स्वअध्ययनमा लगाउन नेपाल स्काउटको भूमिका उल्लेखनीय रहेको भन्दै प्रशंसासमेत गर्नुभएको छ ।