८ बैशाख २०८१, शनिबार

चितवनमा एकैदिन १० जना कोरोना संक्रमितको मृत्यु

covid death

चितवनमा पछिल्लो २४ घण्टामा १० जना कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको ज्यान गएको छ ।

स्वास्थय कार्यालय चितवनका अनुसार जसमा बाहिरी जिल्लाका ६ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना पुष्टि भएको छ । यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार २९१ पुगेको छ ।

हालसम्म चितवनमा संक्रमित हुनेहरुको संख्या १५ हजार २७० रहेको छ । जसमा १३ हजार ७१८ जना निको भएका छन् भने २६१ जनाको मृत्यु भएको छ ।