७ बैशाख २०८१, शुक्रबार

नेपालमा एक हजार ९६३ थपिए, चार हजार २० कोरोनामुक्त, ४४ को मृत्यु

corona virus graph

नेपालमा कोरोनाभाइरसका एक हजार ९६६ सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा सात हजार ५६९ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९६६ मा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १७ हजार ९४७ पुगेको छ । एन्टीजेन बिधिबाट पोजेटिभ पाइएकाहरुको संख्या २४ हजार ८६१ छ । हाल नेपालमा ५९ हजार ६२४ जना सक्रिय सङ््क्रमित छन् ।

मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा चार हजार २० जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख ४९ हजार ६८२ जना कोरोनामुक्त भएका हुन् । कोरोनाबाट निको हुने दर ८९ प्रतिशत पुगेको छ ।

गएको चौबीस घण्टामा ४४ जना सङ्क्रमितको कोरोना सङ्क्रमणले मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणको कारणले आठ हजार ६४१ जनाको मृत्यु भएको छ ।