७ बैशाख २०८१, शुक्रबार

कलाकारहरु राहत बोक्दै मेलम्ची दगुर्दै

201324469 4597757153586298 5906479338501518378 n

गत मंगलबारदेखि परेको अविरल वर्षाका कारण मेलम्ची बजार लगायत क्षेत्र नराम्ररी प्रभावित भएपछि नेपाली कलाकारहरु रात बोकेर मेलम्चीतर्फ लागेका छन् । हास्य सिरियल भद्रगोल टिमले हिजो खाद्यान्य लगायतका सामाग्री बोकेर बाढी पिडितलाई राहत बाँडेको छ । सक्किगो नीका कलाकार तथा निर्देशक कुमार कट्टेलले सो सामाजिक सञ्जालमा आफुहरुले मेलम्चीका बाढी पिडितका लागी राहत लगेको बताएका हुन् ।
त्यस्तै फिल्म निर्माता तथा निर्देशक मिलन चाम्सको टिमले पनि ५० बोरा चामल सहितको खाद्यान्य बोकेर सो क्षेत्रमा हिजो नै बाँड्न लगेको थियो । उनले सामाजिक सञ्जालमा आफुहरु केहि राहत सामग्री बोकेर शो क्षेत्रमा लागेको जानकारी गराएका थिए । यसैबीच अभिनेत्री आँचल शर्मा तथा उनका श्रीमान् डा.उदिप श्रेष्ठले पनि मेलम्चीका बाढी पीडितका लागि राहत सामग्री वितरण लिएर मेलम्ची गएको बताएका छन् ।

बिहिबार दिउँसो आँचल र उदिपले आफ्नो फेसबुकमा चामल बोराहरु भ्यानमा अपलोड गरिरहेका तस्बिरहरु शेयर गर्दै ४ बजे मेलम्ची पुगेर ती सामग्रीहरु हस्तान्तरण गर्ने उल्लेख गरेकी थिइन् । अभिनेत्री पुजा शर्माले आफ्नो गृहजिल्लामा भएको यो विषम् परिस्थितिमा साथ सहयोग गर्न सबैमा अनुरोध गरेकी थिइन् । उनले आज केहि राहत सामाग्री सहित मेलम्ची जाने बताएकी छन् । अभिनेता आकाश श्रेष्ठले पनि फेसबुक लाइभमा आउँदै आफू राहत वितण गरेको जनाएका छन् ।

त्यस्तै अभिनेत्री स्वेता खड्काले पनि मेलम्चीका लागि राहत बोकेर आफु आज त्यसतर्फ लाग्ने बताएकी छन् । सामाजिक सञ्जालमा उनले यस्तो दुख्त घटनामा सबैले सहयोग गर्नुपर्ने भन्दै आज आफु त्यसतर्फ लाग्ने बताएकी हुन् । मेलम्ची बजार पुरै बाढीले बगाएको छ भने ५ सय भन्दा पढि परिवार बिचल्लीमा परेका छन् ।