१५ चैत्र २०८०, बिहीबार

सुरुङ्ग बन्द गर्नाले बच्यो, दीर्घकालीन असर परेन

melamchi headwork

पूर्वकार्ययोजना अनुसार असार १ गते अर्थात मंगलबार विहान ११ बजे सुरुङ्ग निरीक्षणको लागि मेलम्ची खानेपानी आयोजनाको वाँधबाट सुरुङ्गमा पानी आउन बन्द गरियो । बेलुका मेलम्ची खोलामा आएको वाढी, पहिरोले त्यस क्षेत्रका बस्ती र बजारलाई रातभरमा बगर बनाइदियो ।

तर संयोग नै भन्नुपर्छ, त्यस दिन सुरुङ्ग निरीक्षण गर्न वाँधको ढोका बन्द गरेको कारण मेलम्ची आयोजना ठूलो क्षति हुनबाट बच्यो । हाल मेलम्ची सुरुङको निरीक्षणका लागि सुरुङमा पानी पठाइएको छैन । पानी नपठाइएका कारण सुरुङमा भने क्षति हुन नपाएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । ‘त्यस दिन वाँध नथुनेको भए आयोजनामा ठूलो क्षति हुने बताउनुहुन्छ,’ मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक तिरेश खत्री ।

पानी नथुनिएको भए सुरुङ्गमा बाढी पसेको भए पानीकोे लेदोले ठूलो असर गर्ने उहाँ बताउनुहुन्छ । त्यस भित्र दीर्घकालीन असर र सुरुङ्ग सफाई र मर्मत गर्न धेरै समय लाग्ने अवस्था हुने खत्री बताउनुहुन्छ । संयोगले त्यसै दिन सुरुङ्गमा पानी आउन बन्द गर्नु, बेलुका अनपेक्षित वाढी आउनु, मेलम्ची आयोजना क्षति हुनबाट बच्न, लेखेको आफूलाई लागेको उहाँ बताउनुहुन्छ । मेलम्चीको वाँधको एक सय वर्षको सम्म केही हुँदैन भनेर डिपिआर बनाएको भए तापनि अनपेक्षित विपत्ति आएको उहाँ बताउहुन्छ । अहिलेको अवस्थामा हेर्दा आयोजनाको संरचनामा त्यति ठूलो क्षति गरेको नदिएको उहाँ बताउनुहुन्छ । याङ्री र लार्के अहिले अध्ययनको आयोजना भएकाले त्यसमा अहिलेको वाढीले त्यस्तो असर नगर्न उहाँ बताउनुहुन्छ ।

यसैगरी, खानेपानी तथा सरसफाइ मन्त्रालयका पूर्वसचिव माधव बेल्वासे मेलम्ची सुरूङ्ग परीक्षण सम्पन्न गर्ने क्रममा वाँधका पानी एकदिन अगाडि बन्द गर्ने निधो गरिनुमा भगवान् पशुपतिनाथको कृपा जस्तो आफूलाई लागेको बताउनुहुन्छ । त्यस दिन सुरूङ्ग सञ्चालनमा भएको धेरै जटिलता थपिने उहाँ बताउनुहुन्छ । वाढीले मेलम्ची आयोजना अस्थायी संरचनामा प्रभावित गरेको आयोजनाको भनाइ छ ।
आयोजनाको क्याम्पमा काम गर्ने केही मजदुर सम्पर्कविहीन भएका छन् । बुधबार हेलिकप्टरबाट २० जना मजदुरको उद्धार गरिएको छ । मेलम्ची खोलामा आएको वाढीले आयोजनाका निर्माणाधीन केही संरचनाहरू बगाएको छ ।

बाढी नघटेको कारण त्यस क्षेत्रमा गएर स्थलगत अवलोकन गर्न सकिएको छैन । याङ्री र लार्के आयोजनाका लागि निर्माणाधीन सडक र पुलमा क्षति पुगेको छ । हेलिकप्टरबाट हेर्दा केही संरचना यथास्थानमै देखिन्छ भने केही संरचना बगाएको, भत्किएको अवस्थामा देखिएको आयोजनाको भनाइ छ । आयोजनाको मुख्य वाँध डुबेको भए पनि आफ्नै आकारमा देखिन्छ भने अस्थायी वाँध, बेलिब्रिजहरू भत्काएको छ । आयोजनाको हेड वक्र्स डुबानमा परेको छ ।