१४ बैशाख २०८१, शुक्रबार

हवाई उद्धार हुन नसक्दा जीवन र मरणको दोषाधमा हुम्लाकी यी गर्भवती

Preganent
सांकेतिक तस्विर

जिल्ला अस्पताल हुम्लाबाट रिफर गरिएका एक गर्भवतीको हवाई उद्धार हुन नसक्दा जीवन र मरणको दोषfधमा परेकी छिन् । सुत्केरी व्यथाले छट्पटाइ रहेकी सिमकोट गाउँपालिका वडा नं ६ का २७ वर्षीया जसमता रोकायाको खराब मौसमका कारण हवाई उद्धार हुन नसकेको हो ।

जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपछि गर्भवतीको अवस्था नाजुक बन्दै गएको चिकित्सक टासिआजुक लामाले जानकारी दिनुभयो । उहाँका अनुसार ती गर्भवतीमा रगतको कमी तथा पाठेघरमा पानीको मात्रा कम नरहेको जनाइएको छ । उहाँले भन्नुभयो, “ शल्यक्रिया ( अप्रेशन) गर्न सेतो रगत आवश्यक पर्छ । रगत छैन । यही कारण जिल्ला अस्पतालमा सुत्केरी गराउन नसकिएको हो । यहाँ शल्यक्रियाका माध्यबाट सुत्केरी गराउने संम्भव छैन । यसैले रिफर गरेको हुँ । ”

अस्पतालका सिनियर अनमी सरिता बोहराले ती गर्भवतीलाई गत जेठ २७ मा सुत्केरी हुने दिन तोकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “जिल्ला अस्पतालमा शल्यक्रियाका माध्यबाट सुत्केरी गराउन सकिँदैन । यसैले रिफर गरेका हौँ । ”

सुत्केरी हुन ती गर्भवती यही असार १ गते अस्पतालमा गएकी थिइन । अहिले उनीको अवस्था नाजुक बन्दै गएको जनाइएको छ । सोही दिन जिल्ला अस्पतालको समन्वयमा उनीलाई हवाई उद्धारका लागि पहल शुरुआत गरिएको थियो । निरन्तरको वर्षात र खराब मौसमले नेपाली सेनाको हेलिकप्टरले उडान भर्न नसक्दा गर्भवती जीवन र मरणको दोषाधमा छिन् । “हामीले जिल्ला अस्पतालबाट असार १ गते सूचना प्राप्त गर्ने बित्तिकै हवाई उद्धारको लागि निरन्तर प्रयास जारी राखेका छौँ । खराव मौसमका कारण हेलिकप्टर आउन सकिरहेको छैन । सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकोप्टरसँग समन्वय भएको छ ” प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भन्नुभयो ।