१३ बैशाख २०८१, बिहीबार

देशका २० प्रतिशत जनसंख्यालाई पुग्ने गरि खोप खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश

helth ministry office nepal

देशभरको २० प्रतिशत जनसंख्यालाई पुग्ने गरि खोप खरिद गर्न स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गरेको छ ।

चीनको साइनोफार्म कम्पनीसँग नन(डिस्क्लोजर सहमतिअनुसार खोप खरिद गर्ने प्रक्रिया सुरु गर्नको लागि मन्त्रालयले उक्त प्रस्ताव पेश गरेको हो ।

२० प्रतिशत जनसंख्यालाई पुग्ने गरि खोप खरिद गर्न मन्त्रालयले प्रस्ताव पेश गरिएको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले जानकारी दिए । उनका अनुसार उक्त प्रस्ताव मन्त्रिपरिषद्मा छलफलमा रहेको र अनुमोदनको तयारीमा रहेको छ ।

खोपको मात्रा र मूल्यबारे मन्त्रालयले खुलाएको छैन । चीनको साइनोफार्म कम्पनीले नेपालसँग खोप खरिद प्रक्रियाका लागि नन(डिस्क्लोज खरिद सहमतिको प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव अन्तर्गत रहेर मन्त्रालयले मन्त्रिपरिषद्बाट अनुमोदनका लागि सो प्रस्ताव गरेको हो ।