७ बैशाख २०८१, शुक्रबार

पूर्व प्रधानमन्त्री खनाललाई थप उपचारका लागि दिल्ली लगियो

60c9b560e1912 jhalanath

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि दिउँसो १२ः३५ को विमानबाट भारतको दिल्ली लगिएको छ । तीन दिनदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत खनालको स्वास्थ्यमा सुधार नआएपछि दिल्लीस्थित एपोलो अस्पताल लगिएको उहाँको सचिवालले जनाएको छ ।

सचिवालयका सदस्य चन्द्र लामाकाअनुसार पूर्व प्रधानमन्त्री खनाललाई नियमित उडानमार्फत् मध्यान्ह १२:३५ बजे दिल्ली लगिएको हो । उहाँको साथमा चिकित्सक डा. सुदीप अमात्य, श्रीमती र छोरा जानुभएको छ । रगतमा हेमोग्लोविनको मात्रामा कमी देखिएपछि उहाँलाई थप उपचारका लागि भारत लगिएको सचिवालय सदस्य लामाले जानकारी दिनुभयो ।

एक महिनाअघि नेता खनाललाई कोभिड पोजेटिभ भएको थियो, उहाँलाई नियमित ज्वरो आउने समस्या पनि रहेको सचिवालयले जनाएको छ । पाँच महिनाअघि पनि नेता खनाल एपोलोमा स्वास्थ्य चेकजाँच गराउनुभएको थियो ।