१६ चैत्र २०८०, शुक्रबार

वर्षायाम सुरु भएसँगै कैलालीका नदीमा देखिने थाले दुर्लभ साेंस

dolphin

वर्षायाम सुरू भएपछि कैलालीका नदीमा डल्फिन देखिन थालेका छन्। कर्णाली नदीको सहायक नदी मोहना, कान्द्रा, पथरैया, काँढा, गैरिनालामा डल्फिन देखिन गरेका छन् । वर्षेनी वर्षातको समयमा नदिमा पानीको सतह बढ्दै गएपछि डल्फिन तीन मिटरको दुरीमा हेर्न सकिने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका महासचिब जय प्रसाद ढुंगानाले बताए । ढुंगानाले यो वर्ष वर्षातको समयमा दुई वटा भाले पोथी तथा दुई वटा बच्चाहरु गरि चार वटा डल्फिन देखिएको उनको भनाई छ ।

डल्फिन अवलोकनका लागि टिकापुर ७ मा दुई वटा भ्युटावर , भजनी ३अमा एक वटा भ्युटावर प्रदेश सरकारको सहयोगमा निर्माण भएको बताए । अध्यक्ष ढुंगानाले भजनी ८ मा नगरपालिकाको सहयोगमा भ्युटावर निर्माणधिन रहेको बताए । डल्फिन अवलोकनका लागि दुई वटा ढुंगा समेत रहेको छ ।

अध्यक्ष ढुंगानाका अनुसार जथाभावी नदीमा फोहोर फाल्दा प्रदुषण बढ्दै गएको तथा अव्यवस्थित ढल निकास, ठुला ड्याम संरचना निर्माणले संरक्षणमा चुनौति थपिएको बताए ।

    सम्बन्धित समाचार...