७ बैशाख २०८१, शुक्रबार

जर्मनीविरुद्धको फ्रान्सकाे पहिलो जित, उपहार गाेलमा

2o

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न समूह ‘एफ’को दोस्रो खेलमा १६औं साविक उपविजेता फ्रान्सले विजयी सुरुवात गरेकाे छ।

एलिएन्ज एरिना म्युनिख जर्मनीमा भएकाे खेलमा फ्रान्सले घरेलु टाेलीलाई ०-१ ले पराजित गरेकाे हाे।

म्युनिखस्थित एलिनाज स्टेडियम जारी खेलको २० औं मिनेटमा आत्मघाती गोलको सहायताले फ्रान्सले अग्रता बनाएको हो।

फ्रान्सका डिफेन्डर लुकास हेर्नान्डेजले प्रहार गरेको बल जर्मनीका सेन्ट्रल डिफेन्डर म्याट्स हमल्सले क्लियर गर्न खोज्दा आत्मघाती गोलमा परिणत भएको थियो।

जर्मन डिफेन्डर म्याट्स हमल्सले गरेको सोही आत्मघाती गोल नै निर्णायक बनेकाे थियाे।

दोस्रो हाफमा फ्रान्सका लागि किलियन एम्बाप्पे र करिम बेन्जेमाले  गरेको गोल  रेफ्रीले अफसाइड करार दिएका थिए। उता जर्मनीले राम्रा अवसरहरु बनाएर पनि फिनिसिङमा चुकेको थियो।  र, साँघुरो अन्तरले जित निकाल्दै फ्रान्सले प्रतियोगितामा सुखद सुरुवात गरेको हो। 

२०औं मिनेटमा पल पोग्बाले पेनाल्टी क्षेत्रको बाहिरबाट दिएको पासलाई लुकास हर्नान्डेजले लो क्रस गर्दा डिफेन्डर हमल्सले क्लियर गर्न खाेज्दा आत्मघाती गोल हुन पुगेकाे थियाे।

गत संस्करणको युरोकपमा सेमिफाइनलमा यी दुई टीम भिड्दा फ्रान्सले २ ० ले जर्मनीलाई पराजित गरेको थियो।

फ्रान्स र जर्मनीबीच मुख्य प्रतियोगितामा ६ पटक प्रतिस्पर्धा भएको छ। जसमा दुबै टोलीले २÷२ खेल जितेका छन्। दुई खेल भने बराबरीमा सकिएको छ।

त्यस्तै गएराति नै सम्पन्न समूह ‘एफ’ कै अर्को खेलमा पोर्चुगलले क्रिस्टियानो रोनाल्डोको दोहोरो गोलको सहायतामा हंगेरीमाथि ३-० को सहज जित निकालेको थियो।

योसँगै ग्रुपअफ डेथ मानिएको समूह एफमा पोर्चुगल र फ्रान्सले जितसँगै सुखर सुरुवात गरेभने जर्मनी र हंगेरी पराजयसँग प्रतियोगितामा सुरुवात गरेका छन्।