१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम सरकारले ल्यायो ३० अर्ब ३३ करोडको बजेट (पूर्ण पाठ)

199299383 4151704064868454 7811017020742674063 n 20210615165407

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागी ३० अर्बको बजेट ल्याएको छ ।आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले मङ्गलवार अपराह्न ४ बजे सुरु भएको प्रदेशसभामा ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट प्रस्तुत गरेका हुन् ।
१० अर्ब ६६ करोड ९ लाख (३५.१ प्रतिशत) चालु र १७ अर्ब ६५ करोड ४० लाख पुँजीगत बजेट रहेको छ ।

प्रस्तुत बजेटमा सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको भौतिक पूर्वाधार तथा कार्यालयमा शृङ्गार–पटार गर्न १८ करोड ७८ लाख,सुदूरपश्चिम प्रदेश लोक सेवा अयोगको लागि २ करोड ५८ लाख,कैलालीको सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर र टीकापुर अस्पतालमा सरुवा रोग अनुसन्धान केन्द्र स्थापना गर्न ५ करोड, वादी समुदायलाई लक्षित गर्दै ३ करोड बजेट, कैलालीका ५ स्थानीय तहबाट धान खरिद गर्न २ करोड ३० लाख बजेट विनियोजन गरीएको छ ।

यस्तै आर्थिक मामिला तथा योजना मन्त्री शाहले अस्पतालको स्तरउन्नती तथा सेवा सुधार गर्न २ अर्ब ४२ करोड ५८ लाख ९० हजार,मुख्यमन्त्री कृषि कार्यक्रमका लागि १६ करोड, सुदूरपश्चिम प्रदेश राजधानी निर्माणका लागि २ करोड ७२ लाख बजेट विनियोजन गरे ।

बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ । अस्पताल स्तरोन्नति तथा सेवा सुधार वर्ष कार्यक्रम सञ्चालन गर्न २ अर्ब ४२ करोड ५८ लाख, कोरोना लगायतका महामारी रोकथाम र उपचारका लागि ९० करोड, विद्यालय सुधार कार्यक्रमका लागि एक अर्ब १७ करोड र महिला सशक्तीकरण कार्यक्रमका लागि ५ करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै कैलाश मानसरोवर प्रवेश द्धार निर्माणका लागि २० करोड ९० लाख, खप्तडमा पूर्वाधार विकास गर्न २ करोड ५० लाख, सशस्त्र द्धन्द्धमा पीडित र घाइते परिवारलाई रोजगार बनाउन १० करोड बजेट विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्षभन्दा झन्डै ३ अर्ब बजेट घटेर ल्याइएको हो । चालू आर्थिक वर्षका लागि ३३ अर्ब २८ करोड ४८ लाखको बजेट प्रस्तुत गरिएको थियो । आगामी वर्षको बजेटमा पनि सुदूरपश्चिम प्रदेशका सांसदले ३ करोड खर्च गर्न पाउने भएका छन् । प्रत्येक निर्वाचन क्षेत्रमा प्रदेश पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्न तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको छ ।सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागी ३० अर्बको बजेट ल्याएको छ ।आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले मङ्गलवार अपराह्न ४ बजे सुरु भएको प्रदेशसभामा ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट प्रस्तुत गरेका हुन् ।
१० अर्ब ६६ करोड ९ लाख (३५.१ प्रतिशत) चालु र १७ अर्ब ६५ करोड ४० लाख पुँजीगत बजेट रहेको छ ।

प्रस्तुत बजेटमा सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको भौतिक पूर्वाधार तथा कार्यालयमा शृङ्गार–पटार गर्न १८ करोड ७८ लाख,सुदूरपश्चिम प्रदेश लोक सेवा अयोगको लागि २ करोड ५८ लाख,कैलालीको सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर र टीकापुर अस्पतालमा सरुवा रोग अनुसन्धान केन्द्र स्थापना गर्न ५ करोड, वादी समुदायलाई लक्षित गर्दै ३ करोड बजेट, कैलालीका ५ स्थानीय तहबाट धान खरिद गर्न २ करोड ३० लाख बजेट विनियोजन गरीएको छ ।

यस्तै आर्थिक मामिला तथा योजना मन्त्री शाहले अस्पतालको स्तरउन्नती तथा सेवा सुधार गर्न २ अर्ब ४२ करोड ५८ लाख ९० हजार,मुख्यमन्त्री कृषि कार्यक्रमका लागि १६ करोड, सुदूरपश्चिम प्रदेश राजधानी निर्माणका लागि २ करोड ७२ लाख बजेट विनियोजन गरे ।

बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ । अस्पताल स्तरोन्नति तथा सेवा सुधार वर्ष कार्यक्रम सञ्चालन गर्न २ अर्ब ४२ करोड ५८ लाख, कोरोना लगायतका महामारी रोकथाम र उपचारका लागि ९० करोड, विद्यालय सुधार कार्यक्रमका लागि एक अर्ब १७ करोड र महिला सशक्तीकरण कार्यक्रमका लागि ५ करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै कैलाश मानसरोवर प्रवेश द्धार निर्माणका लागि २० करोड ९० लाख, खप्तडमा पूर्वाधार विकास गर्न २ करोड ५० लाख, सशस्त्र द्धन्द्धमा पीडित र घाइते परिवारलाई रोजगार बनाउन १० करोड बजेट विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्षभन्दा झन्डै ३ अर्ब बजेट घटेर ल्याइएको हो । चालू आर्थिक वर्षका लागि ३३ अर्ब २८ करोड ४८ लाखको बजेट प्रस्तुत गरिएको थियो । आगामी वर्षको बजेटमा पनि सुदूरपश्चिम प्रदेशका सांसदले ३ करोड खर्च गर्न पाउने भएका छन् । प्रत्येक निर्वाचन क्षेत्रमा प्रदेश पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्न तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको छ ।

हेर्नुस् बजेटकाे पूर्ण पाठः