७ बैशाख २०८१, शुक्रबार

नारायणी नदीले खतराको तह पार गर्‍यो

aaa

नारायणी नदीले खतराको तह पार गरेको छ । जल मापन केन्द्र देवघाटका अनुसार नारायणी नदीले खतराको तह नाघेको हो ।

यस क्षेत्रमा ८ मिटर पानीको सतहलाई खतराको तह मानिन्छ । अहिले (अपरान्ह ४ बजेको समयमा) नारायणीको सतह बढेर ८.०५ मिटर पुगेको छ ।

अहिले नारायणीको बहाब अझै बढ्ने क्रममा रहेको जल मापन केन्द्र देवघाटले जनाएको छ । नारायणीले खतराको तह पार गरेसंगै नदी तटीय क्षेत्रमा जोखिम बढेको छ । त्यस क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।