१५ चैत्र २०८०, बिहीबार

अभिनेता संचारी विजयको सडक दुर्घटनामा निधन

Kannada actor sanchari vijay dead

कन्नड फिल्मका चर्चित अभिनेता संचारी विजयको सोमबार निधन भएको छ । शनिबार एक मोटरसाइकल दुर्घटनामा उनलाई गम्भीर चोट लागेको थियो ।

विजय आफ्ना साथी नविनसँग बाइकको पछाडि बसेका थिए । जब बाइक चिप्लियो तब एउटा बिजुलीको खम्बासँग ठोक्कियो । नविनको खुट्टा भाँच्चियो तर विजयलाई गम्भीर चोट लाग्यो ।

दुर्घटनापछि उनलाई बेंगलुरुको अपोलो अस्पतालमा पुर्याइयो जहाँ उनको तत्काल ब्रेन सर्जरी गर्नुपर्यो तर उनलाई बचाउन भने सकिएन ।

अपोलो अस्पतालको तर्फबाट जारी बयानमा संचारी विजयको ब्रेन फेलियर सूचना दिएपछि ‘अभिनेताका परिवारले उनको अंगदान गर्ने निर्णय लिइएको र अंगदानको प्रोटोकलको दिशानिर्देशको पालना गर्ने’ बताइएको छ ।

संचारी विजयका भाइ सिद्धेश कुमारले मिडियासँगको कुराकानीमा भने, ‘डाक्टरले हामीलाई उनको ब्रेन स्टेम फेल भएको र उनी पुनः जीवित हुने सम्भावना निकै कम भएको सूचित गर्नुभयो । हामी सबैलाई थाहा छ कि उनले समाजको उत्थानका लागि सधैं काम गरेका छन् । यहाँसम्म कि कोभिड–१९ महामारीका बेला मानिसहरुका लागि राहत प्रयासमा उनले चौबिसै घण्टा काम गरे । त्यसैले हामीले उनको अंग दान गर्ने निर्णय गरेका छौं । हामीलाई विश्वास छ कि यस्तो गर्दा उनलाई शान्ति मिल्नेछ । उनी आफ्नो मृत्युपछि पनि समाजको मद्दत गरिरहनेछन् । ’

संचारीलाई उनको फिल्म ‘नानू अवनाल्ला अवालू’ मा उत्कृष्ट भूमिकाका लागि राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो ।

    सम्बन्धित समाचार...