८ बैशाख २०८१, शनिबार

पहिरोले अवरूद्ध पृथ्वी राजमार्गको मुग्लिन-जोगिमारा खण्ड खुल्यो

198679816 4292717264113803 2005853668728681414 n

पहिरोले अवरूद्ध भएको पृथ्वी राजमार्ग खुलेको छ। पहिरो हटाएपछि आज बिहान ८ बजेदेखि सडक दुवैतर्फ खुलेको छ। गए राति झरेको पहिरोले पृथ्वी राजमार्गको मुग्लिन-जोगिमारा खण्ड अवरूद्ध थियो।

पहिरो हटाएपछि सडक खुलेको स्थानीय बासिन्दाले जनाएका छन्।आज बिहानैदेखि डोजर लगाएर पहिरो/बाक्लो लेदो हटाइएको थियो। सडक अवरूद्ध हुँदा सवारी साधन रोकिएका थिए। सडक सुचारू भएसँगै सवारी साधन गन्तब्यका लागि छुटेका छन्।