१६ चैत्र २०८०, शुक्रबार

ठाकुर समूहले कार्यकारणी समिति विस्तार गरे

Untitled 1 750x375 1
फाइल फोटो

जनता समाजवादी पार्टी (ठाकुर समूह)ले कार्यकारणी समिति विस्तार गरेको छ ।

सरकारमा जाने नजाने विषयमा पार्टीका दुई अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर विच देखिएको विवाद पछि पार्टी अध्यक्ष उपेन्द्र यादवले कार्यकारणी समितिको बैठकवाट महन्थ ठाकुर सहित ४ नेतालाई कारवाही अगाडी बढाएका थिए ।

निर्वाचन आयोगमा दुवै समूहले एकले अर्कालाई लिष्टवाट हटाउने दिएको निवेदन अनुसार आइतवार कसैको आधार नपुगेको भन्दै यथास्थितिमा रहन भनेपछि सोमवार अध्यक्ष ठाकुरले १६ कार्यकारणी सदस्य थप गरेका छन् । ५१ सदस्यीय कार्यकारणी समितिमा उपेन्द्र पक्षमा ३५ जना सदस्य रहेका छन् । आफ्नो बहुमत पुर् याउनकैलागि अध्यक्ष ठाकुरले सोमवार कार्यकारणी समितिमा सुरेन्द्र झा, सुरेश मण्डल, राजीव झा, अभिराम शर्मा, परमेश्वर साह, कृष्णा सिंह, डा.विजयकुमार सिंह, सन्तवीर महतो, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रमेश पटेल, एकवाल मियाँ, विजय उपाध्याय, शतरजित यादव, मुकेश झा र उपेन्द्र महतोलाई सामेल गरेर कार्यसमिति विस्तार गरेको बताइएको छ । ५१ सदस्यीय कार्यकारणी समितिमा १६ जना थप गरि ६७ सदस्यीय भएको छ ।