११ बैशाख २०८१, मंगलवार

संघदेखि प्रदेशसम्म गठवन्धनलाई निरन्तरता दिने तीन नेताबीच सहमति

60c772732c827 madhva prechanda

विपक्षी गठबन्धनलाई थप बलियो बनाउन सम्बद्ध दलका शीर्ष नेताहरुबीच सहमति बनेको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार छलफल भएको थियो ।

उक्त छलफलमा राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाई थप बलियो बनाउने सहमति बनेको हो । नेता नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार नेताहरुले ‘वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न होइन राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवम् जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको हो’ भन्नेमा पुनः स्पष्टता जनाएका छन् । उनका अनुसार नेताहरुबीच समसामयिक राजनीतिक घटनाक्रममाथि पनि समीक्षा भएको छ ।

यसबाहेक नेताहरुले ‘आपसी सम्बन्ध बलियो बनाउने तथा एक आपसमा अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहने प्रतिबद्धता’ पनि जनाएको गौतमले बताए ।