१६ चैत्र २०८०, शुक्रबार

देउवा, नेपाल र प्रचण्डबीचको भेटघाट सम्पन्न

Deuba Prachand Madhav Nepal
फाइल फोटो

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटघाट सम्पन्न भएको छ । उहाँहरुबीच भेटघाट पूर्वप्रधानमन्त्री नेपाल निवास कोटेश्वरमा भएको हो । भेट साढे ५ बजे देखि पौने सात बजे सम्म भएको बताइएको छ । भेटमा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।